Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना भाइरस:

    ३७७ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु, १७० जना डिस्चार्ज

    ३७७ जनामा संक्रमण पुष्टि हुँदा ४ जनाको मृत्यु, १७० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा १७० जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५०५ पीसीआर परीक्षणमा ३३९ र २  हजार ६४४ एन्टिजेन परीक्षणमा ३८ जना गरी ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा जम्मा ९ हजार १४९ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ४७६ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४८२ को पुगेको छ ।

    देशभर पछ्ल्लो २४ घण्टामा थप ७९ हजार ५६९  जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार