Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एनसेलद्वारा २८ करोडको जग्गालाई ५ करोड मूल्यांकन गराएर ठगी

    एनसेलद्वारा २८ करोडको जग्गालाई ५ करोड मूल्यांकन गराएर ठगी

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । राज्यलाई अरबौं राजश्व ठगी गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सम्पत्ति करमा समेत ठगी गरेको खुलेको छ ।

    सरकारलाई अरबौं कर बुझाउन आनाकानी गर्दै आएको एनसेलले यसअघि सर्वसाधारण उपभोक्ताको जानकारी विना अनधिकृत रूपमा एप्स चलाएर अरबौं ठगी गरेको रहस्य खुलेको थियो ।



    एनसेलले दुई वटा एप्स चलाउँदा एक अर्ब भन्दा बढी ठगी गरेको पाइएपछि नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही स्वरुप १ अर्ब ११ करोड रुपैयाँ सर्वसाधारणलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।



    यसरी एकपछि अर्को ठगी गर्दै आएको एनसेलले पछिल्लो समय सम्पत्ति कर छलेको भेटिएको हो । एनसेलको ललितपुर महानगरपालिका– ४ मा रहेको १० रोपनी चार आना जग्गा तथा त्यसैभित्र २३ हजार ८८ वर्गफिट क्षेत्रफलको रहेका दुई वटा घरको मूल्यांकन कम गराएर एनसेलले कर छलेको हो ।

    उक्त जग्गासहितको घरको सरकारी मूल्याङकन २७ करोड ९५ लाख रुपैयाँ हुन आउँछ । तर, जम्मा ५ करोड ६० लाख मूल्याङकन गराएर सम्पत्ति कर छली गरेको हो ।

    मूल्यांकन कम गराएर ५६ लाख चार हजार रुपैयाँ कर छली गर्दा समेत सरकारी निकाय अझै मौन छ । सम्पत्तिको हरेक वर्ष स्थानीय तहलाई कर बुझाउनुपर्ने हुन्छ । तर, एनसेलले केही वर्षयता यस्तो करमा राज्यलाई ठग्दै आएको छ ।

    महानगरका केही कर्मचारीलाई प्रभावमा पारेर एनसेलले कल छली गर्दै आएको हो । सम्पत्ति कर छलेको विषयमा विभिन्न निकायबाट छानबिन भइरहेको छ ।

    एप्स र डाटा प्याकको बहानामा एनसेलले ग्राहकलाई ठगी गरेको अरबौं रुपैयाँ पनि फिर्ता गरेको छैन । डाटा प्याक लिएका ग्राहकलाई ब्यालेन्स सकिँदा पनि बिना माग पैसा सापटी दिएर उसले ठगी गरेको यसअघि नै खुलिसकेको छ ।

    यो विषयमा नेपाल दुरसञ्चार प्राधिकरणले समेत सो पैसा फिर्ता गर्न भनेको थियो । तर, उसले अझै ठगी गरेको रकम फिर्ता गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार