Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘आरआरआर’सँग तर्सिए भन्साली, ‘गांगुबाई काठियावाडी’को प्रदर्शन मिति सारियो

    ‘आरआरआर’सँग तर्सिए भन्साली, ‘गांगुबाई काठियावाडी’को प्रदर्शन मिति सारियो

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । साउथका दुई सुपरस्टार स्टारर फिल्म ‘आरआरआर’ सन् २०२२ को जनवरी ७ मा रिलिज हुँदैछ। ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा तयार भएको यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ।

    यही मितिमा निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘गांगुबाई काठियावाडी’ पनि रिलिज हुने पक्का भएको थियो। यो चलचित्रमा नायिका आलिया भट्ट शीर्ष भूमिकामा छिन्।



    तर, भन्सालीले ‘आरआरआर’सँगको भिडन्तलाई टारेका छन्। यो चलचित्रको प्रदर्शन मिति एक महिना पछाडि सारिएको छ।



    अब यो चलचित्र सन् २०२२ को फेब्रुअरी १८ तारिखमा रिलिज हुने भएको छ। निर्माणपक्षले विज्ञप्ति जारी गर्दै नयाँ मिति सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताएको छ।

    बलिउडमा सञ्जयलीला भन्साली र साउथमा एसएस राजमौली ऐतिहासिक कथामा चलचित्र निर्देशन गर्न माहिर मानिन्छन्। उनीहरुका सबैजसो फिल्म हिट भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार