Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बारको ‘निर्णायक आन्दोलन’ बिथोल्न चोलेन्द्रका भाईले परिचालन गरे यी बिचौलियाहरुलाई

    बारको ‘निर्णायक आन्दोलन’ बिथोल्न चोलेन्द्रका भाईले परिचालन गरे यी बिचौलियाहरुलाई

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको नाममा राजिनामा टार्न खोजेपछि नेपाल बार एसोसियसनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। तर राणाले बारको ‘निर्णायक आन्दोलन’ बिथोल्न भाई प्रभुशमशेरको समूहलाई परिचालन गरेको बार स्रोतले वताएको छ।

    मंगलबार साँझ बसेको बार कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको थियो । मंगलबार साँझ नै प्रभुशमशेरको समूहले काठमाडौंको धुम्वाराहीमा रहेको आकामा होटेलमा बसेर बारको आन्दोलनलाई दबाउने उद्देश्यले भिजिलान्तेहरुलाई पैसा खर्च गरी परिचालन गर्ने निर्णय गरेको स्रोतले वताएको छ।



    शुक्रबारसम्म प्रधानन्यायाधीश राणाको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने पनि बारले निर्णय गरेको छ ।



    बारले मंसिर ३ गते संसदमा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापनपत्र बुझाउने जनाएको छ ।

    प्रधानन्यायाधीशमा राणा आएपछि   न्यायालय अहिले जति बदनाम कहिल्यै भएको थिएन । सर्वोच्च अदालतमा गरिबका मुद्दाको सुनुवाई बर्षौसम्म हुँदैन । आर्थिक सरोकारका मुद्दा, भ्रष्टाचारका मुद्दा, सरकारी जग्गा गैरकानुनी रुपमा अतिक्रमण गर्नेहरुका मुद्दा, राजस्व अपचलन भएका मुद्दा र पहुँचवालाहरुको ज्यान मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनुवाइ गर्दैआएका छन् ।

    करछलीका मुद्दामा समेत सर्वोच्चमा सेटिङ हुँदैआएको छ । आर्थिक मुद्दामा सेटिङ गरी प्रधानन्यायाधीशका भाइ प्रभुशमशेर राणाले अरबौं सम्पत्ति आर्जन गर्दैआएका छन् ।

    प्रभुशमशेरले बारको आन्दोलनबिरुद्द बजारमा उपबिचौलयाहरु ब्यापक परिचालन गरेका छन् । राणालाई जोगाउनका लागि प्रभुशमशेरले परिचालन गरेका तिनै उपबिचौलियामध्येका मुख्य हुन्, दीपक तिमल्सिना, गौतम लामा, भाटभेटनीका संचालक मीनबहादुर गुरुङ, किया मोटरका संचालक सुहृद घिमिरे र विवादित महिला आकृती रायमाझी । गौतम लामा नामका व्यक्तिले मिडियाहरुमा राणाको समर्थनमा समाचार बनाउने नाममा रकम परिचालन गर्दै आएका छन्।

    नेपाली कांग्रेसको राजनीतिक आवरणमा भरत चौलागाई, मारवाडी सेवा समितिका अध्यक्ष तथा ट्रेडमार्क चोरीमा संलग्न कैलाशचन्द्र गोयल, ग्रान्डी अस्पतालका संचालक दीपक कुँवर, राप्रपाका केन्द्रीय सदस्य दिपक कार्की, जनताको १६ अर्ब बचत ठगी गर्ने सुधीर बस्नेत लगायत पनि उपबिचौलिया हुन् । यिनै उपबिचौलिया अहिले चोलेन्द्रशमशेर राणालाई जोगाउन जुलुस र धर्नाका लागि म्यानपावर आपूर्ति पनि गर्ने मुख्य पात्र हुन् ।

    दीपक कुँवर बाहिर हेर्दा ठूला कारोबारी देखिए भित्री रुपमा उनी अदालतका बिचौलिया हुन् । नवीनकुमार घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा अख्तियारका उजुरीमा बिचौलिया पनि कुँवरले नै गर्ने गरेका थिए ।  उपबिचौलियामध्येका दीपक तिमल्सिना र सुहृद घिमिरेलाई त चोलेन्द्रशमशेरले मन्त्री नै बनाउन केपी ओलीको सरकारदेखि शेरबहादुर देउवाको सरकारसम्मलाई सिफारिस गरेको चर्चा हुँदैआएको छ ।

    चोलेन्द्रशमशेर राणाले न्यायाधीश नियुक्ति गर्दा नै करोडौं घुस लिने तर मुद्दामा पनि आफ्नै भाइमार्फत् सेटिङ गरेपछि उनैले नियुक्त गरेका न्यायाधीश पनि इजलास बहिस्कार गरिरहेका छन्।

    नक्कली अन्तशुल्क स्टीकरदेखि ट्रेडमार्क चोरी, नक्कली भ्याटबिल प्रयोग गर्ने, सरकारी जग्गा अतिक्रमणलाई बैधता दिने, क्यासिनोको राजस्व नतिर्नेहरुले पनि यिनै बिचौलियामार्फत् सेटिङ गर्ने गरेका छन् । राजस्व छली गर्नेहरुका मुद्दादेखि बैंकले लिलाम गरेका जग्गा रोक्ने र सहकारी ठगीमा पनि यी उपबिचौलियाहरुको सेटिङमा प्रभुले मुद्दा लिने र दाजुमार्फत् फैसला गराउने गर्दछन् । भाटभटेनीका संचालक मीनबहादुर गुरुङको नक्कली भ्याटबिलको मुद्दामा प्रधानन्यायाधीश राणाले सुरुमा तिर्नुपर्ने आदेश दिए । फेरि बमकुमार श्रेष्ठ र मनोज शर्माको बेन्चमा राखी निस्सा दिए ।

    प्रधानन्यायाधीश राणाका प्रभुशमशेरले मुद्दामा सेटिङ गरी आर्जन गरेको अथाह सम्पत्ति धमाधम बिक्री गर्दै तिनै मिनबहादुर गुरुङमार्फत् अमेरिका र दुवई पठाउने गरेको उच्च स्रोतले बताएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका र जनबिरोधपछि राजीनामा दिन बाध्य भएका गजेन्द्र हमाल पनि बिचौलिया नै रहेको खुलेको छ । राणाका जेठान हमालले ज्वाई न्यायाधीश भएदेखि नै मुद्दाको बिचौलियाको काम गर्दैआएका छन् ।

    हमालले १६ बर्षअघि नेपालगंजको सदरलाइनस्थित आफ्नै घरमा हत्या गरिएका दीपक हेमकर परिवारका ५ सदस्यको हत्याका मुख्य आरोपी किशोरीलाल सोनीलाई पक्राउ परेको ९ महिनामै साधारण तारिखमा छुटाएका थिए । ठूलो आर्थिक लेनदेनमा ५ जनाको सामूहिक हत्या गरेका किशोरीलाल सोनीलाई हमालले नै ज्वाई राणा प्रधानन्यायाधीश भएको बेला २०७६ असार २७ मा सर्वोच्च अदालतबाट साधारण तारिखमा छुटाएका थिए । २०७५ असोज १३ मा प्रहरीले लखनउबाट पक्राउ गरी ल्याएका हेमकार परिवार हत्याका मुख्य अपराधी सोनीलाई सर्वोच्च अदालतले २०७६ असार २७ मा फाष्टट्रयाकमा सुनुवाई गर्दै साधारण तारिखमा छाडेको थियो ।

    दीपक हेमकारसहित उनको परिवारका ५ जनाको २०६२ साल फागुन ११ गते बाँके नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा हत्या गरिएको थियो ।

    सुन व्यापारी ३२ वर्षीय दीपक हेमकर, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकर, बुबा ६२ वर्षीय जगदेव हेमकर, आमा ४५ वर्षीया सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो । उक्त हत्या दीपक हेमकरका ससुरा किशोरीलाल सोनीकै योजनामा भारतबाट कन्ट्याक्ट किलर ल्याएर गरिएको थियो ।

    जिल्ला अदालत बाँके, उच्च अदालत दाङले पुर्पक्षमा पठाएका सोनीलाई सर्वोच्चले धरौटीमा छाड्ने आदेश दिएको थियो । जबकि सोनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को टोलीले भारतको लखनउबाट हत्या भएको १३ बर्षपछि तरकारी बिक्रीकर्ताको भेषधारण गरी पक्राउ गरी ल्याएका थिए । प्रहरीले यति दुःख गरी ल्याएका सोनीलाई सर्वोच्चले धरौटीमा छाड्ने क्रममा ६ करोडकै लेनदेन भएको वताइको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार