Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

    प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.1K
    SHARES

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन्।

    मुख्यमन्त्री राईले पेस गरेको विश्वासको मतको प्रस्तावलाई बुधबारको बैठकले बहुमतले पारित गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत रहेकाले मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।



    उनका अनुसार बैठकमा उपस्थित सांसद संख्या तथा मत विभाजनमा सहभागी ७९ जना रहेका र प्रस्तावको पक्षमा ५० मत परेको र विपक्षमा २९ मत र तटस्थ शून्य मत परेको छ ।



    ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेमा ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्च एक र राप्रपा एक सदस्यीय छ ।

    ५० सदस्यीय विपक्षी गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक मञ्चको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् ।

    गत १५ कात्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १६ कात्तिक राईले मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथसहित पदभार ग्रहण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार