Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारतीय दूतावासले गर्यो बुटवलस्थित नहरपुर विद्यालयको शिलान्यास

    भारतीय दूतावासले गर्यो बुटवलस्थित नहरपुर विद्यालयको शिलान्यास

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.6K
    SHARES

    बुटवल । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको आज शिलान्यास गरिएको छ।

    विद्यालय भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय दूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले संयक्त रुपमा शिलान्यास गरेका हुन् ।



    दूतावासका अनुसार भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण करिब नेरु ४.४१७ करोडको लागतमा हुनेछ।



    सन् १९७१ मा स्थापना भएको नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो ।

    निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा ११२७ जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ५०% छात्रा रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार