Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता नगर्न आईजीपीको निर्देशन

    नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता नगर्न आईजीपीको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.7K
    SHARES

    रुपन्देही । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता नगर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

    बिहीबार लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै आईजीपी क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन्।





    सीमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै आईजीपी क्षेत्रीले भने, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौँ। प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’

    कार्यक्रममा आईजीपी क्षेत्रीले नयाँ भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गरेका थिए।

    कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, लुम्बिनी प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार