Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दोलखामा पढ्नका लागि आफ्नै घरमा बसेकी विद्यार्थीलाई प्रिन्सिपलले नै गरे बलात्कार !

    दोलखामा पढ्नका लागि आफ्नै घरमा बसेकी विद्यार्थीलाई प्रिन्सिपलले नै गरे बलात्कार !

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 2K
    SHARES

    दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) गोपालध्वज श्रेष्ठले आफैले पढाएको विद्याथीलाई बलात्कार गरेको कर्तुत बाहिरिएको छ।

    प्रिन्सिपल श्रेष्ठले किशोरीलाई जबर्जस्तीकरणी गरेको म्यासेन्जरको ‘स्क्रिनसट’बाट खुलेको छ। पीडित किशोरीको आफन्तबाट बाहिरिएको उक्त फेसबुक म्यासेजमा श्रेष्ठले पीडितलाई कहिलेकाहिँ यस्तो हुन्छ नि भन्दै सम्झाउन खोजेका छन्।



    तर, पीडित किशोरीले भने ‘थुक्क तपाईलाई लाज नभएको हेडसर, सबैको अगाडी बेइज्जत गर्दिन्छु’ भन्दै म्यासेजको रिप्लाई दिएकी छिन्।



    स्रोतका अनुसार पीडितका मामाले किशोरीलाई पढ्नका लागि प्रिन्सिपल श्रेष्ठको घरमा कोठा लिएर राखेका थिए । उक्त कोठा समेत श्रेष्ठले निःशुल्क उपलब्ध गराएका थिए ।

    पीडित युवतीले प्रिन्सिपल श्रेष्ठले आफूमाथि बलात्कार गरेको बताउँदै पीडित किशोरी र आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, दोलखामा जाहेरी दिने लागेको बताएका छन्।

    हेर्नुहोस फेसबुक च्याटमा के भनेका थिए श्रेष्ठले  ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार