Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आयल निगमको अर्बौंको जग्गामा चोलेन्द्र र प्रभुको स्वार्थ, निसुको मिति तोकेको साढे चार वर्षसम्म पनि फैसला भएन

    आयल निगमको अर्बौंको जग्गामा चोलेन्द्र र प्रभुको स्वार्थ, निसुको मिति तोकेको साढे चार वर्षसम्म पनि फैसला भएन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । विवादित छवीका चोलेन्द्रशमसेर राणा सर्वोच्च अदालतको प्रधाननन्यायाधीश बनेपछि सर्वोच्च मात्र नभई न्यायपालिकालाई उनले भ्रष्टाचारको केन्द्र बनाए । त्यसैले पनि राणाको कार्यकालमाम पहुँचबिहीन र पैसा नहुनेहरुले न्याय नै नपाउने अवस्था मौलायो ।

    सत्तासँग भागबन्डा गर्दै राजनीतिक र संवैधानिक नियुक्तिदेखि कार्यपालिकामा मन्त्रीको कोटा नै मागेपछि राणाविरुद्धको आन्दोलनले उग्र रुप लियो ।



    सर्वोच्चका १९ न्यायाधीशहरुले इजलास बहिस्कार गरी प्रधानन्यायाधीशको राजीनामा माग गरे भने राणाको राजीनामा माग गरीरहेको नेपाल बार एशोसिएसन अझै आन्दोलनमा छ ।



    बिहीबार फुलकोर्टको बैठकमा गोलाप्रथाद्वारा पेशी तोक्न सहमत भएपछि आइतबारदेखि सबै न्यायाधीश इजलासमा भाग लिने भएका छन् । तर, राणाले गरेका विवादास्पद निर्णहरुमाथि भने अझै के हुने भन्नने टुंगो लागेको छैन ।

    राणाले सर्वोच्च अदालतमा मात्र होइन, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालततका गम्भीर मुद्दामा समेत केन्द्रबाटै भाइ प्रभुशमशेर राणामार्फत् आर्थिक चलखेल गर्न लगाई ‘फलानाको पक्षमा आदेश गर्नू’ भन्ने निर्देशन न्यायाधीशहरुलाई दिने गरेका उदाहरण सार्वजनिक भइसकेका छन् ।

    विशेष अदालतमा विचाराधीन राणाका सम्धी डा. तिलक रावललाई पोलिमर नोटमा फाष्टट्रयाकमा दिएको सफाइ, बलात्कार आरोपी सिद्धबाबालाई सफाइ दिन सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालालाई उनले दिएको निर्देशन, शोभा चिपालु मास्के र उनकी बहिनी सरिता चिपालुको अंश मुद्दामा आफैले गरेको निर्णय उल्ट्याउन दिएको निस्सा यसका पछिल्ला उदाहरण हुन् ।

    राणाले गरेका यस्ता कयौं फैसलाहरु विवादित छन् । उनले भाई प्रभुशमशेरले सेटिङ मिलाएका मुद्दामा आफ्नो स्वार्थ राख्दै आएका छन् । त्यतिमात्रै होइन उनले आफ्नो पक्षमा आउन नसकेका मुद्दामामिलाका प्रक्रिया नै कसरी बिगार्गे गरेको समेत खुलिसकेको छ ।

    प्रक्रिया नै विगारेको पछिल्लो उदाहरण हो, सरकारी जग्गासम्बन्धिको मुद्दा । रणबहादुर शाहको जग्गा सरकारले अधिग्रहण गरेर नेपाल औषधी लिमिटेडलाई दिएको र औषधी लिमिटेडले नेपाल आयल निगमलाई बेचेकोप्रति परेको मुद्दामा अहिलेसम्म पनि राणाले भाईमार्फत चलखेल गरिररहेका छन् ।

    प्रधानन्यायाधीश राणाले निर्णय सुनाउने दिन तोकेको साढे ४ बर्षसम्म पनि सरकारी जग्गाको बारेमा परेको एउटा मुद्दाको फैसला गरेका छैनन् । निर्णय सुनाउने (निसु) दिनबाट बढीमा १ महिनाभित्र फैसला गरिसक्नुपर्ने नियम छ । तर, निसुको मिति तोकिएको ४ बर्ष ६ महिनासम्म पनि उक्त मुद्दाको फैसला गरेका छैनन् ।

    सर्वोच्च अदालत नियमावलीको नियम ९० मा निर्णय सुनाउने मिति तोक्ने प्रावधान छ । त्यस नियमको उपनियम १ ले निर्णय सुनाउने अर्को दिन बढीमा एक महिनासम्म तोकिसक्नुपर्ने भनेको छ । तर, प्रधानन्यायाधीश राणाले रणबहादुर शाहले दर्ता गरेको मुद्दाको निसुको मिति तोकेको साढे ४ बर्षसम्म पनि फैसला नगरी भाइमार्फत् अझै मोलमोलाई गरिरहेका छन् ।

    सरकारले २०३२ साल माघ १९ गते बबरमहलको जग्गा अधिग्रहण गरेको थियो । सरकारले प्रक्रिया पुर्याएर राजपत्रमा सूचना निकालेपछि औषधी लिमिटेडले सो जग्गा पाएको थियो । उक्त जग्गाको मुआब्जा बुझ्न सूचना जारी गरेको थियो । मुआब्जा लिन दिएको समयभित्र नआए पनि सरकारले जग्गा अधिग्रहण गर्नसक्छ ।

    सरकारले रणबहादुरबाट अधिग्रहण गरी औषधी लिमिटेडलाई दिएको उक्त जग्गा आफ्नो भएको दाबी गर्दै शाह ३७ बर्षपछि शाहले उक्त जग्गा आफ्नो भएको, मुआब्जा नबुझेको भन्दै मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दाको सुनुवाइ सर्दै सर्दै न्यायाधीशत्रय हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७४ असार ८ मा निसुको मिति तोकेको थियो ।

    तर, २०७८ मंसिर ३ गतेसम्म पनि उक्त मुद्दाको फैसला भएन । प्रधानन्यायाधीश राणाका भाइ प्रभु र पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहले उक्त मुद्दामा रणबहादुर शाहसँग मोलतोल गरिरहेको स्रोतको दावी छ ।

    के हो घटनाक्रम ?
    नेपाल औषधी लिमिटेडले नेपाल आयल निगमलाई बिक्री गरेको बबरमहलस्थित ३ रोपनी २ आना एक दाम जग्गासम्बन्धी मुद्दाको विषय हो यो । उक्त जग्गा आफ्नो भएको दाबी गर्दै रणबहादुर शाहल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका बिरुद्ध २०६७ चैत ३० मा मुद्दा दायर गरेका थिए । जसको मुद्दा नम्बर ०६७–WF–००३० हो । शाहले नेपाल औषधि लिमिटेडका बिरुद्ध पनि उक्त जग्गा आफ्नो भएको दाबी गर्दै २०६८ बैशाख २ मा अर्को मुद्दा दायर गरेका थिए । त्यसको मुद्दा नम्बर ०६७–DF–००१३ हो ।

    निसुका लागि तीन महिनापछि २०७४ असोज २४ मा मिति तोकियो । त्यस दिन पनि निसु सारियो । २०७४ पुस २० मा निसुको अर्को मिति तोकियो, फेरि सारियो । निसुको मिति २ पटक सारिसकेपछि २०७४ माघ १८ मा पुनः मिसिल झिकाउने आदेश भयो । निसुको मिति तोकिसकेपछि न्यायाधीशहरु फेरिए । न्यायाधीशत्रय दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठको संयुक्त इजलास तोकियो । मुद्दा स्थगित भयो । २०७५ मंसिर २७ मा न्यायाधीश मिरा खड्का, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तानको इजलासमा परेकोमा स्थगित भयो ।

    सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरा २०७५ पुसमा नियुक्त भएपछि उक्त मुद्दाको पहिलो पेशी उनकै नेतृत्वको इजलासमा राखे । २०७५ फागुन ३० मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा परेको उक्त मुद्दा बेन्च बस्न नभ्याएको भनी स्थगित भयो ।

    २०७६ जेठ ९ मा हरिकृष्ण कार्की, तेजबहादुर केसी र कुमार रेग्मीको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमै राखियो । २०७६ असार ५ मा न्यायाधीशत्रय केदारप्रसाद चालिसे, प्रकाशमानसिंह राउत र डम्बरबहादुर शाहीको इजलासले उक्त मुद्दा हेर्दाहेर्दैमा राख्यो ।

    ७ दिनपछि २०७६ असार १२ मा पेशी तोकियो । पुनः हेर्दाहेर्दैमा राखियो । हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा ५ महिना सारियो । र, २०७६ मंसिर १९ मा पेशी तोकियो । न्यायाधीशहरु पुनः फेरिए । हरिकृष्ण कार्की, डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासमा पेशी चढ्यो । हेर्न नभ्याइनेमा राखियो । २०७६ पुस १७ मा डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तानले फेरि अर्को पटक हेर्दाहेर्दैमा राखे । र, एकैचोटी यो मुद्दा २०७७ पुस २३ मा पेशी तोकियो । हेर्दाहेर्दैमा राखिएको मुद्दा बेन्च बस्न नसकेको भनी ९ महिनापछि अर्को पेशीको मिति २०७८ असोज १४ मा तोकियो । फेरि हेर्दाहेर्दैमा राखिएको छ ।

    नेपाल औषधि लिमिटेडका बिरुद्ध शाहले दायर गरेको अर्को मुद्दाको मुद्दाको पहिलो पेशी २०६८ असोज ५ मा थियो । धेरै पटक स्थगित हुँदै हेर्न नभ्याइने भन्दै २०७४ असार ८ मा निसुको मिति तोकिएको थियो । तर फैसला भने अझै भएको छैन ।

    जग्गाको वास्तविकता
    २०३२ साल माघ १९ गतेको सूचनाबमोजिम औषधी लिमिटेडले सो जग्गा पाएको थियो । सरकारले रणबहादुर शाहबाट अधिग्रहण गरी औषधी लिमिटेडलाई दिएको थियो । त्यसमा चित्त नबुझेर शाहले ०३४ सालमा रिट दायर गरेका थिए । सर्वोच्चले ०३६ असोज १८ मा पहिलाको मुआब्जा निर्धारणको निर्णय बदर गर्न आदेश दियो । त्यसपछि ०३७ सालको फागुन २५ गते प्रतिरोपनी २० हजारका दरले नयाँ मुआब्जा निर्धारण भयो । तर, त्यसमा पनि चित्त नबुझेको भनी रणबहादुरले ०४६ सालमा अर्को रिट दायर गरे । तर, त्यो रिट सर्वोच्चले ०४९ जेठ २६ गते खारेज गरिदियो ।

    नेपाल औषधि लिमिटेड टाट उल्टिएपछि कर्मचारीको तलवभत्ता भुक्तानी दिन सरकारकै स्वामित्व भएको नेपाल आयल निगमलाई उक्त जग्गा २८ करोडमा बिक्री गरिएको थियो । औषाधि लिमिटेडले उक्त जग्गा कर्मचारीलाई तलवभत्ता र सुविधा दिएको थियो । आयल निगमलाई उक्त जग्गा बिक्री गरिसकेपछि रणबहादुर शाहले उक्त मुद्दा दर्ता गरेका हुन् । आयल निगमले उक्त जग्गा खरिद गरिसकेपछि जुन प्रयोजनमा खरिद गरिएको हो, सो प्रयोजनमा प्रयोग नभएको कानुनी छिद्र खोजी शाहले मुद्दा दायर गरे ।

    रणबहादुरले आफ्नो जमिन जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो प्रयोजनमा नभएको, सार्वजनिक हितका लागि प्रयोग पनि नभएको र जग्गा खरिद, बिक्री भएको भन्दै आफ्नो नाममा कायम गराउन माग गर्दै २०६७ मा रिट हाले । बबरमहलस्थित मूलसडकसँग वन विभाग परिसर, विशेष अदालतसँगै जोडिएको हाल आयल निगमको स्वामित्वको उक्त ३ रोपनी २ आना एक दाम जग्गाको निसुको मिति तोकिसकेपछि फेरि मिसिल झिकाउने आदेश गर्नेदेखि हेर्दाहेर्दैमा राख्ने गर्दासम्म ४० जनाभन्दा बढी त न्यायाधीश नै फेरिइसकेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभुले मोलमोलाई गरेको उक्त मुद्दा फैसला हुन सकेको छैन ।

    सरकारी जग्गा भएकाले प्रधानन्यायाधीश राणाबाहेक अरु न्यायाधीश उक्त जग्गा शाहको पक्षमा फैसला गर्न हच्किरहेका छन् । तर, प्रधानन्यायाधीश राणा भने आफ्नै भाइ प्रभुले सेटिङ गरेको र पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह स्वयं पनि बिचौलिया भएकाले यो मुद्दा रणबहादुर शाहको पक्षमा गर्न चाहिरहेका छन् ।

    आफ्नो कार्यकालको उत्तराद्र्धमा यो मुद्दा रणबहादुर शाहको पक्षमा फैसला गरी भाइले लिएको पैसा पचाउने र शाहको गुन तिर्ने दाउमा रहेका राणालाई गोलाप्रथामा पेशी तोक्ने निर्णय कार्यान्वयन भएपछि समस्या पर्ने भएको छ ।

    रणबहादुर शाहले सर्वोच्चले एकपटक रिट खारेज गरिसकेको जग्गा हात पार्न सकिने आशा चोलेन्द्रशमशेरका भार्इले दिलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार