Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • केपी ओली नेतृत्वको एमाले अब इतिहासमा सीमित हुने माधव नेपालको दाबी

    केपी ओली नेतृत्वको एमाले अब इतिहासमा सीमित हुने माधव नेपालको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 948
    SHARES

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेका छन्।

    शुक्रबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पूर्व एमालेका महासचिव समेत रहेका नेपालले नेकपा एमालेलाई नेकपा समाजवादीले इतिहासको विषय बनाउने दाबी गरे। अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको नाम नलिए पनि उनको नेतृत्वमा रहेको एमालेलाई आफ्नो पार्टीले पराजित गर्ने उनको भनाइ छ।



    समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । अध्यक्ष नेपाले भने, ‘राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।’ अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उनको भनाइ छ ।



    यस्तै, फरक प्रसङ्गमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले  सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उनले प्रधानमन्त्री राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गरे ।

    ‘केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छौं’, नेपालले भने । नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उनले बताए।

    नेपालले भने, ‘नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन । अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताए।

    कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं समाजवादीका नेता कृष्ण खनाललगायतका नेताहरुको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार