Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • अमेरिकी विदेशमन्त्री लुले एकैदिन भेटे प्रचण्ड र ओलीलाई, एमसीसीबारे के-के भयो कुराकानी ?

    अमेरिकी विदेशमन्त्री लुले एकैदिन भेटे प्रचण्ड र ओलीलाई, एमसीसीबारे के-के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।

    शुक्रबार सिंहदरवारमा भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) बारे छिटो निर्णयमा पुग्न आग्रह  गरेका थिए।



    स्रोतका अनुसार जवाफमा अध्यक्ष प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको र यसबारे राष्ट्रिय सहमति बनाएर निर्णय गर्ने  बताएका थिए।



    बुधबार नेपाल आएका लुले बिहीबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

    त्यस्तै, उनले केही बेरअघि मात्र सिंहदरबार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेट गरेका थिए।

    ओलीसँगको भेटमा लुले एमसीसी के हुन्छ ? भन्ने प्रश्न गरेको र जवाफमा ओलीले आफ्नो दलसँग सरकारले परामर्श नगरेको बताएका थिए।

    त्यसअघि प्रधानमन्त्री देउवासँगको भेटमा पनि उनीहरुबीच दुई देशको आपसी सहयोग र एमसीसी परियोजनाको बारे छलफल भएको बताइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार