Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेकपा एमालेलाई धुलो चटाउने छौँ : अध्यक्ष नेपाल

    नेकपा एमालेलाई धुलो चटाउने छौँ : अध्यक्ष नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् ।

    जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज यहाँ बोल्दै उनले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।



    उनले भने, “नेकपा एमालेलाई धुलो चटाउने छौँ ।” जनताको हित र देशको हितका लागि एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताउँदै उनले उच्च मनोबलका साथ अघि वढ्न कार्यकर्तालाई निर्देशन दिए ।



    देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए । उनले भने, “कर्तव्यनिष्ठ र समर्पित भएर पार्टीमा लाग्नुस्, जानताको साथ हामीमा हुने छ ।”

    यस पार्टीमा लागेर के पाइन्छ भन्ने नभई देश र जनतालाई केही गर्छु भन्ने भावना लिएर आउन उनले कार्यकर्तालाई आग्रह गरे । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला मन्त्री कृष्ण खनाल, पार्टीका प्रवक्ता जगन्नाथ खतिवडालगायतले बोलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार