Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गृृहमन्त्री खाँणका पीए प्रदेश प्रतिनिधिमै पराजित

    गृृहमन्त्री खाँणका पीए प्रदेश प्रतिनिधिमै पराजित

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 1.4K
    SHARES

    बुटवल । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव बिजेश न्यौपाने प्रदेश प्रतिनिधिमै पराजित भएका छन् ।

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका निकट र प्रभावशाली नेताका रुपमा चिनिएका मन्त्री खाँण न्यौपानेको पराजयसँगै आफ्नै गृह जिल्लामा कमजोर साबित भएका छन्।



    खाँणका स्वकीय सचिव न्यौपाने रुपन्देहीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट लुम्विनी प्रदेश प्रतिनिधिकोको रुपमा उम्मेदवार बनेका थिए । रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका बिभिन्न वडा समेटिएर बनेको उक्त निर्वाचन क्षेत्रलाई गृहमन्त्री खाँणको गृहनगर र बलियो पकडका रुपमा लिइएको थियो ।



    तर, उक्त क्षेत्रबाट उनका स्वकीय सचिव न्यौपानेसँगै खाँंण समूहको प्यानल नै पराजित भएको छ । उक्त निर्वाचन क्षेत्रबाट पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट खड्क बहादुर महत नेतृत्वको समूह बिजयी भएको छ ।

    सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका लुम्विनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जिव बस्याल समेत पराजित भएका छन् ।

    त्यस्तै रुपन्देहीको क्षेत्र नं २ (ख)मा समेत खाँण समूह कमजोर देखिएको छ । निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रबाट समेत पौडेल समूहका परशुराम ढकाल नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । उक्त निर्वाचन क्षेत्रमा देउवा समूहका रामेश्वर श्रेष्ठ पराजित भएका छन् ।

    यसैगरी, प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क बाट नवीनराज आचार्यको समूह र क्षेत्र नं १ ख बाट मदन प्रसाद पोखरेलको प्यानल नै बिजयी भएको छ । उक्त निर्वाचन क्षेत्रमा देउवा समूहले बाजी मारेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार