Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रामदेवको टिभी च्यानलबारे मुख खोले रावलले, कानूनको निर्लज्ज उल्लंघन भएको टिप्पणी

    रामदेवको टिभी च्यानलबारे मुख खोले रावलले, कानूनको निर्लज्ज उल्लंघन भएको टिप्पणी

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय गुरु रामदेवलाई टिभी खोल्न दिनु नेपाली कानूनको निर्लज्ज उल्लंघन भएको टिप्पणी गरेका छन् ।

    रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राखेका हुन् । उनले लेखेका छन्–‘प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु, त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो । यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्।’



    गत बिहीवार रामदेवको दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए भने सो क्रममा रामदेवलाई जग्गा उपलब्ध गराउने घोषणा समेत गरेका थिए ।



    उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्रीलगायतका मन्त्री र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु उपस्थित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार