Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तीन डिआईजीको सरुवा, तस्करीमा मुछिएका आचार्यलाई लागूऔषधको जिम्मा

    तीन डिआईजीको सरुवा, तस्करीमा मुछिएका आचार्यलाई लागूऔषधको जिम्मा

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआईजी हरुको) सरुवा गरेको छ।

    डिआईजीत्रय मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामाको सरुवा गरेको हो।



    लुम्बिनी प्रदेशमा रहेका आचार्यलाई हटाएर अधिकारीलाई पठाइएको छ भने लामालाई अधिकारीको ठाउँमा ल्याइएको छ ।



    लुम्बिनी प्रदेशका डिआईजी आचार्यको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर सरुवा भएको छ।

    यसअघि अधिकारी प्रहरी प्रधान कार्यालय मातहत प्रबन्ध शाखामा थिए। लामा यसअघि प्रहरी महानिरीक्षकको सचिवलायमा कार्यरत थिए।

    यसअघि आचार्य इलाका प्रहरी कार्यालय नवलपरासी बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु प्रकरण र मोबाइल तस्करीमा मा मुछिएका थिए ।

    मोवाइल तस्करीमा सहयोग गरेको भन्दै इन्सपक्टर वाग्लेलाई गृहले निलम्बन गरेको थियो। सो घटनामा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआजी मुकुन्द आचार्यले इन्सपेक्टर वाग्लेलाई दबाब दिएर सो मोबाइल छुटाउन लगाएको आरोप लागेको छ।

    जून मोबाइल पछि पूर्व नवलरापसी प्रहरीले बरामद गरेको थियो। मोवाइल तस्करीमा समेत मुछिएका आचार्यलाई अहिले लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार