Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • इन्टरपोलको महासभाका लागि आईजीपी क्षेत्रीसहितको टोली टर्की प्रस्थान

    इन्टरपोलको महासभाका लागि आईजीपी क्षेत्रीसहितको टोली टर्की प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1K
    SHARES

    काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहितको टोली इन्टरपोलको महासभामा सहभागी हुन टर्की प्रस्थान गरेको छ ।

    आईजीपी क्षेत्री नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा यही मंसिर ७ देखि ९ गतेसम्म संचालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेको हो।



    आईजीपी क्षेत्रीसँगै महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत त्यसतर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।



    आईजीपी क्षेत्रीसहितको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित गरेको प्रहरी कार्यालयको भनाइ छ।

    १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी
    समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् ।

    यस्तै, आईजीपी क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार