Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रदेश २ मा बन्यो पाँच दलीय गठबन्धनको सरकार, माधव नेपालको पार्टीबाट थपिए यी दुई मन्त्री

    प्रदेश २ मा बन्यो पाँच दलीय गठबन्धनको सरकार, माधव नेपालको पार्टीबाट थपिए यी दुई मन्त्री

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.1K
    SHARES

    जनकपुरधाम । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा दुई मन्त्रीसहित सरकारमा सहभागी भएको छ ।

    आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



    मुख्यमन्त्री राउतको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरु महतो र यादवलाई क्रमश: उद्योग, पर्यटन तथा वन र कानुन न्याय तथा प्रदेश मामिला मन्त्तालयको जिम्मेवारी दिइएको छ ।



    शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको सहभागिता रहेको थियो।

    योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस)को गठबन्ध सरकार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार