Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बारको आन्दोलनलाई गृहमन्त्री खाँणले नै हस्तक्षेप गरेको कानून व्यवसायीहरुको आरोप !

    बारको आन्दोलनलाई गृहमन्त्री खाँणले नै हस्तक्षेप गरेको कानून व्यवसायीहरुको आरोप !

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    सदाझैं आइतबार बिहान पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले गृहमन्त्री खाँणको समेत राजीनामा मागेका थिए।



    आन्दोलनरत वकिलहरुले गृहमन्त्री खाँणकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी परिचालन भएको र बारको शान्तिपूर्ण आन्दोलनलाई रोक्न खोजेको आरोप समेत लगाएका छन्



    आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्रीले राजीनामा देऊ भन्दै नारा लगाएका थिए।

    यसअघि गत मंसिर २ गतेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए । उनीहरु अहिले सामान्य उपचारपछि फर्किएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार