Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बाबा रामदेवलाई नेपाली पर्यटनको ‘ब्राण्ड एम्बेस्डर’ बन्न मन्त्रालयको प्रस्ताव

    बाबा रामदेवलाई नेपाली पर्यटनको ‘ब्राण्ड एम्बेस्डर’ बन्न मन्त्रालयको प्रस्ताव

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटन दूत बन्न प्रस्ताव गरेका छन्।

    आइतबार मन्त्रालयले आयोजना गरेको पशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा मन्त्री आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि पर्यटन दूत बन्न प्रस्ताव राखेका हुन् ।



    यस्तै, मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिएका छन् । नेपाल बुद्ध र सगरमाथाको देश भनेर विश्वभरी चिनाउन योग गुरुको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेको भनाइ छ।



    योग गुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उनले विश्वास व्यक्त गरे ।

    कार्यक्रममा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताउँदै मन्त्रालयको प्रस्तावलाई गम्भीरतापूर्वक छलफल गरेर निर्णय लिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार