Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युरोपमा लकडाउनको विरोध गर्दै प्रदर्शनकारीहरूले फ्याँके प्रहरीमाथि आगो

    युरोपमा लकडाउनको विरोध गर्दै प्रदर्शनकारीहरूले फ्याँके प्रहरीमाथि आगो

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । युरोपमा कोभिड-१९ सङ्क्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु गरिएका लकडाउनसम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ।

    बीबीसीका अनुसार हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँक्दै साइकलहरू समेत जलाइदिएका थिए ।



    अघिल्लो रात रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो। यस्तै, अस्ट्रिया, क्रोएशिया अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।



    नेदरल्यान्ड्सका कैयौँ सहरहरूमा लगातार दोस्रो रात प्रदर्शनहरू भएका । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने सात जनालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार कसैले एउटा झ्यालबाट बिरामी बोकेको एम्बुलेन्समा ढुङ्गा प्रहार गरेका थिए। अधिकारीहरूका अनुसार पाँच जना प्रहरी घाइते भएका छन्।

    घुँडामा चोट लागेका एक जनालाई एम्बुलेन्समार्फत उद्धार गरिएको छ। शुक्रवार प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्ध विरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका थिए।

    महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो आंशिक लकडाउन लागु गरेको छ। रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेसनहरू बन्द गरिएका छन्। (बीबीसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार