Online Nepal
  • शुक्रबार, १७ मंसिर २०७८
  • कोरोना भाइरस

    २३८ जनामा संक्रमण पुष्टि हुँदा ३७० जना डिस्चार्ज, एक जनाको मृत्यु

    २३८ जनामा संक्रमण पुष्टि हुँदा ३७० जना डिस्चार्ज, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 650
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा ३७० जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८४५  पीसीआर परीक्षणमा २३२ र १ हजार २७८ एन्टिजेन परीक्षणमा ६ जना गरी २३८ जनामा संक्रमण पुष्टि भएको हो।



    पछिल्लो २४ घण्टामा जम्मा ९ हजार १२३ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार १६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४९६ को पुगेको छ ।

    देशभर पछिल्लो २४ घण्टामा थप  ४० हजार ०१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार