Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • क्षमतावान कहलिएका एसएसपी थापा किन बने आँखाको तारो ?

    क्षमतावान कहलिएका एसएसपी थापा किन बने आँखाको तारो ?

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीभित्र चेनअफ कमाण्डमा अब्बल, क्षमतावान र निश्कलंक मानिएका एसएसपी दीपक थापा पटक–पटक सरुवाको सिकार बनिरहेका छन् । प्रहरीमा सामान्यतयः एक वर्षमा सरुवा गर्ने गरिन्छ । तर, थापाको हकमा भने त्यो लागू भएको छैन । उनको एक वर्षको अवधिमा तीन पटक सरुवा भएको छ ।

    पछिल्लो समय शनिबार उनलाई तालिम निर्देशनालयमा सरुवा गरिएको छ । तीन महिनाअघि उनलाई एकेडेमी सरुवा गरिएको थियो । गत वर्ष फागुनमा अपराध महाशाखाबाट उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।



    महानगरीय प्रहरी कार्यालयका एआइजी हरि पालसँग विवाद भएपछि उनको महाशाखाबाट आकस्मिक सरुवा भएको थियो ।



    प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको विश्वासपात्र भएर काम गरेका उनीविरुद्ध विभिन्न झुटा कुरा गृह मन्त्रालयमा लगाएर उनको सरुवा गर्न लगाइएको थियो ।

    वास्तविकता बुझेपछि गृहले फेरि उनलाई प्रहरी प्रधान कार्यालयमै सरुवा गरेको हो । गृहमन्त्री बालकृष्ण खाँडसमक्ष  केहि एसएपपीदेखि एआईजीसम्मले थापाविरुद्ध कुरा लगाएपछि उनी सरुवाको सिकार बन्दै आएको प्रहरीहरु नै बताउँछन् ।

    यता, सरुवा रोकाउँदै आएको भनेर विवादमा तानिएका काठमाडौं परिसरका प्रमुख एसएसपी अशोक सिंहको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ ।

    यसअघि गत वर्ष मंसिर ५ मै उनको सरुवा भएको थियो । तत्कालिन एसएसपी श्यामलाल ज्ञवालीलाई पाँच महिनामै हटाएर एसएसपीमा बढुवा भएको छोटो समयमा नै उनले काठमाडौंको जिम्मेवारी लिएका थिए । तर, त्यतिबेला उनले विभिन्न शक्तिकेन्द्र धाएर सरुवा रोकेका थिए ।

    त्यसैगरी महानगरिय प्रहरी परिसर काठमाडौंमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेलको सरुवा भएको छ । पोखरेल यसअघि प्रहरी प्रधान कार्यालयस्थित तालिम निर्देशनलायमा थिए

    ललितपुरमा रहेकी किरण बज्राचार्यको भने प्रहरी प्रधान कार्यालयको योजना तथा अन्वेषण महाशाखामा सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार