Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई देशभर लैजाऔं: राष्ट्रपति भण्डारी

    ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई देशभर लैजाऔं: राष्ट्रपति भण्डारी

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.2K
    SHARES

    जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई देशभर लैजानुपर्ने बताएकी छन् ।

    सोमबार महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् ।



    जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्व रहेका र यस क्षेत्रमा महिला हिंसा हुनु दुखद् रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।



    कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको बताए।

    राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजाअर्चना र दर्शनका लागि जलेश्वर आएकी हुन् । उनी आजै काठमाडौँ फर्किने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार