Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना अपडेट: थप ५ जनाको मृत्यु, मृतकको संख्या ११ हजार ५०० पुग्यो

    कोरोना अपडेट: थप ५ जनाको मृत्यु, मृतकको संख्या ११ हजार ५०० पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा २५८ जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९२१  पीसीआर परीक्षणमा ३६७ र २ हजार ७७६ एन्टिजेन परीक्षणमा १८ जना गरी ३८५ जनामा संक्रमण पुष्टि भएको हो।



    पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ६९७ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५०० को पुगेको छ ।

    देशभर पछिल्लो २४ घण्टामा थप  ७१ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार