Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एआईजी हरि पालमाथि गृह मन्त्रालयद्वारा छानविन, किन छाडे पाँच भारतीय नागरिकलाई ?

    एआईजी हरि पालमाथि गृह मन्त्रालयद्वारा छानविन, किन छाडे पाँच भारतीय नागरिकलाई ?

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 2K
    SHARES

    काठमाडौं । कार्यवाहक आईजीपी बन्न नपाएपछि गृह मन्त्रालय र आईजीपी शैलेश थापा क्षेत्रीविरुद्ध लागेका एआईजी हरिबहादुर पालमाथि छानविन हुने भएको छ ।

    शंकास्पद गतिविधिमा संलग्न पाँच भारतीयलाई नागरिकलाई पक्राउ गरी गोप्य रुपमा छाडेको घटनामा गृह मन्त्रालयले एआईजी पालमाथि छानबिन थालेको हो ।



    करिब एक महिनाअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेर मातहतका कुनै पनि निकायमा थाहै नदिई छाडेको थियो ।



    भारतीय नागरिकहरु यासिर अराफाद, मोहम्मद नुर, मोड रसद,सकिल अली, मोहम्मद रहबु कात्तिक ५ गते नेपाल आएका थिए । यूएइको शारजहा विमानस्थलबाट नेपाल आएका उनीहरुलाई विमानस्थलबाट निस्किएलगत्तै महानगरीय प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

    तर, एआईजी पालले त्यसबारे माथिल्लो निकायलाई कुनै पनि जानकारी गराएनन् । अन्ततः उनले छाडिसकेको पुष्टि भएपछि उनीमाथि छानविन हुन लागेको हो । गृह मन्त्रालय स्रोतका अनुसार सचिव टेकनारायण पाण्डेले यससम्बन्धि थप छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए।

    प्रहरी प्रधान कार्यालयले छानविनको रिपोर्ट गृहलाई बुझाइसकेको वताइएको छ।

    भारतीय नागरिकहरुलाई पक्राउ गरेर सुटुक्क छाडेको घटनाले एआईजी पाल अहिले आएर तनाबमा परेको बुझिएको छ। । विमानस्थलबाट बाहिरिएका उनीहरुलाई महानगरीय प्रहरी कार्यालयका रानीपोखरीका डिएसपी नमराज भट्टराईले नियन्त्रणमा लिएको सिसिटिभी फुटेजमा देखिएको स्राेतले बताएकाे छ ।

    भारतीय नागरिकहरुलाई पक्राउ गर्ने डिएसपी भट्टराई एआईजी पालका घुमुवामात्र नभई विश्वासपत्र समेत हुन् । भारतीय दूतावासका केही अधिकारीहरुसँग नजिकको सम्बन्ध बनाएका एआईजी पालले उनीहरुकै निर्देशनमा भारतीय नागरिकहरुलाई छाडेको स्रोतको दावी छ । आइजीपी शैलेश क्षेत्री र गृहमन्त्रालयलाई जानकारी नदिई गोप्यरुपमा छाडिएका ती भारतीय सुनौली नाका हुँदै स्थलमार्गबाट भारततर्फ गएको सूचनापछि उनीमाथि छानबिन सुरु भएको थियो ।

    गत महिना पाँच भारतीय पक्राउ परेर छाडिएकै समयमा एआइजी पाल भारत गएका थिए । उनी भारत जानु र माथिल्लो निकायमा जानकारी नदिई छाडिएका भारतीय पनि सुनौली हुँदै भारततर्फ लगिनु संयोगमात्र मान्न नसकिने प्रहरी स्रोतको दाबी छ ।

    पक्राउ परेका पाँचै जना आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु भएको सूचना गृह मन्त्रालयले पाइसकेको छ । तर, एआईजी पालमाथि भने उनीहरु पक्राउ बारे माथिल्लो निकायमा किन जानकारी गराएनन् र किन उनीहरुलाई सुटुक्क छाडे भन्ने विषयमा छानविन गर्न गृहले निर्देशन दिएको हो ।

    भारतीय नागरिकहरुलाई विमानस्थलबाट पक्राउ गरे पनि एआईजी पालले प्रहरी प्रधान कार्यालयमा त परै जाओस् विमानस्थल प्रहरीलाई समेत जानकारी दिएका थिएनन् ।

    एकातिर भारतीय नागरिकहरु यूएई हुँदै नेपाल आउनु र अर्कोतिर उपत्यका प्रहरीको अनुगमन गर्ने मुख्य जिम्मेवारी रहेको महानगरिय कार्यालयका प्रहरी आफैं पक्राउ गर्न जानु शंकास्पद भएको गृह मन्त्रालय स्रोत बताउँछ ।

    आईजीपी क्षेत्रीले भारत भ्रमणमा जाँदा एआईजी प्रधुम्न कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएपछि पाल रुष्ट बनेर विदामा बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार