Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • महिलाप्रति लचियो बन्यो तालिवान, टाउको छोपेर टिभीमा कार्यक्रम चलाउन पाउने

    महिलाप्रति लचियो बन्यो तालिवान, टाउको छोपेर टिभीमा कार्यक्रम चलाउन पाउने

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। महिलाप्रति कठोर भन्दा कठोर कानून लागू गर्दै आएको तालिबान सरकारले पत्रकारहरुका लागि भने केही छुट दिने भएको छ । टेलिभिजन सिरियलमा महिलाहरुलाई अभिनय गर्न रोक लगाउने निर्णय गरेको तालिवानले महिला पत्रकार र प्रस्तोतालाई भने टाउको छोप्ने पहिरन लगाएर टिभीमा कार्यक्रम चलाउन दिने भएको छ ।

    तर, टाउको छोपेर काम गर्न गरिएको निर्णयबारे भने मापदण्ड उल्लेख गरिएको छैन । बीबीसीका अनुसार तालिबानका केही नयाँ निर्णयहरु अनिश्चित खाले छन् र भनिहाल्न पनि सकिने खालका छैनन् ।



    उनीहरुले थप कडा प्रतिबन्धहरु ल्याउँछन् कि भन्ने त्रास व्याप्त छ । अमेरिका र उसका साझेदारी मुलुकका सेनाहरु काबुलबाट बाहिरिने वित्तिकै तालिबान लडाकुहरुले महिला र किशोरीलाई विद्यालय नगएर घरमै बस्न आदेश दिएका थिए ।



    सन् १९९० मा पनि तालिबानले किशोरीलाई विद्यालयमा जान प्रतिबन्ध लगाएका थिए । पछिल्लोपटक तालिबानले ल्याएका नयाँ नियमहरुमा टिभी सिरिजमा महिलालाई देखिन प्रतिबन्ध लगाउनेसहितका आठवटा बुँदा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार