Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

    दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    रौतहट । रौतहटमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

    उक्त दुर्घटनामा अन्य २ जना घाइते भएका छन्। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेका छन्। दुर्घटनामा गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएका छन्।



    घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बीरगंज पठाईएको छ। गएराति १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार