Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • १९२ जना सदस्यीय नेपाली सेनाको टोली शान्ति मिसनका लागि सिरिया प्रस्थान

    १९२ जना सदस्यीय नेपाली सेनाको टोली शान्ति मिसनका लागि सिरिया प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ ।

    यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो ।



    राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भङ्ग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न युएनडिओएफ स्थापना भएको हो ।



    युएनडिओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पु¥याउँदै आएको छ ।
    –––

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार