Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गौर नगरपालिकाको कार्यालयमा अख्तियारको छापा

    गौर नगरपालिकाको कार्यालयमा अख्तियारको छापा

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 960
    SHARES

    फाइल फोटो

    गौर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिकाको कार्यालयमा छापा हानेको छ।

    मंगलबार अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले गौर नगरपालिकाको कार्यालयमा छापा हानेर कागजातहरू चेकजाँच गरेको हो ।



    गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरीको आधारमा आयोगको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो।



    स्रोतका अनुसार गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा उजुरी परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार