Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानन्यायाधीश विवाद समाधान नहुँदा नकरात्मक सन्देश गयो : माधव नेपाल

    प्रधानन्यायाधीश विवाद समाधान नहुँदा नकरात्मक सन्देश गयो : माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    जनकपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।

    धनुषाको विदेह नगरपालिकास्थित तिकौरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष नेपालले विवाद समाधानका लागि पहल भएको बताए । न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न आवश्यक रहेको उनको भनाइ थियो ।



    जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले न्यायालयको विवाद चाँडो समाधान नहुँदा बाहिर नकारात्मक सन्देश गएको बताए । वार्ता र संवादकै माध्यमबाट न्यायपालिकाको विवाद समाधान हुने उनको भनाइ थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार