Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना

    इटालीमा अमेजन र एप्पललाई २० करोड यूरो जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ ।

    इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेताहरूलाई उक्त जरिवाना गरेको हो । इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई छ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।



    एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ । इटालीको बजारमा ती उत्पादनहरूको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार