Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अभिनन्दनले वीर चक्र अवार्ड पाएपछि पाकिस्तानले भन्यो- झुटो सम्मानले भारतीय सेनाको मूल्य र मान्यताको खिल्ली उडाइयो

एजेन्सी। पाकिस्तानले फेरि एक पटक भारतको दाबीलाई अस्वीकार गरेको छ । बालाकोट हमलाको अघिल्लो दिन २७ फरवरी, २०१९ मा भारतीय वायुसेनाका ग्रुप क्याप्टेन अभिनन्दन वर्तमानले हवाई हमलाका क्रममा पाकिस्तान प्रशासित काश्मिरमा पाकिस्तानको एक एफ–१६ विमानमा हमला गरेका थिए ।

त्यसलगत्तै पाकिस्तान प्रशासित क्षेत्रमा उडान गरिरहेका उनको मिग–२१ विमान पाकिस्तानी सेनाले खसालेको थियो । सो क्रममा उनी पाकिस्तानी सेनाको कब्जामा पुगेका थिए ।

पाकिस्तानी सेनाले कब्जा गरेपनि उनलाई भोलिपल्ट सकुशल रिहा गरिदिएको थियो ।

वास्तवमा, भारतीय वायुसेनाका समूह क्याप्टेन अभिनन्दनलाई  अदम्य साहस र बहादुरी प्रदर्शन गरेकोमा राष्ट्रपति रामनाथ कोविन्दले वीर चक्र प्रदान गरेका थिए ।

भारतमा उनको प्रशंसा भइरहेको छ भने पाकिस्तानले भारतको दावीमा प्रश्न उठाएको छ ।

फेब्रुअरी २०१९ मा पुलवामामा सीआरपीएफको काफिलेमा भएको आक्रमणमा ४० भन्दा बढी जवानहरूको मृत्यु भएको दुई हप्ता पछि, भारतीय वायुसेनाले फेब्रुअरी २६ मा, आतंकवादी संगठन जैशमाथि बालाकोटमा रातको अँध्यारोमा नियन्त्रण रेखा पार गरेको दाबी गरेको थियो । जैश ए मोहम्मदको तालिम शिविरमा शृंखलाबद्ध 'सर्जिकल स्ट्राइक' गरिएको भारतको दाबी थियो । भोलिपल्ट  भारतका तत्कालीन विङ कमाण्डर अभिनन्दनको लडाकु विमान  दुर्घटनाग्रस्त भएर पाकिस्तानको सीमामा पुगेका थिए । जहाँ पाकिस्तानी सेनाले उनलाई पक्रेको थियो, तर दुई दिनपछि १ मार्च २०१९ मा उनलाई रिहा गरी भारतीय अधिकारीहरूलाई सुम्पिएको थियो।

पाकिस्तानको पछिल्लो प्रतिक्रिया भारतको सोही दावीको बारेमा हो। पाकिस्तानले यस दाबीलाई पहिले नै अस्वीकार गरिसकेको छ। पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, 'पाकिस्तानले भारतीय पाइलटले पाकिस्तानको एफ १६ विमान खसालेको भारतको आधारहीन दावीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछ।"

भारतको दाबी आफ्ना जनतालाई खुसी पार्न र त्यो अपमान लुकाउन दिइएका झूटा र काल्पनिक कथाहरूको उत्कृष्ट उदाहरण हो। वीरताको काल्पनिक कार्यका लागि यसरी सैन्य सम्मान प्रदान गर्नु सेनाको मूल्य र मान्यताको विरुद्ध हो। भारतले यो सम्मान दिएर आफ्नो खिल्ली उडाएको छ।'

अभिनन्दनको रिहाइको सम्बन्धमा विज्ञप्तिमा भनिएको छ, "पाइलट (अभिनन्दन बर्तमान ) को रिहाईले भारतको शत्रुतापूर्ण र गलत आक्रामक कारबाहीका बाबजुद पाकिस्तानले शान्ति कायम राख्न चाहेको प्रमाण हो।' -बिबिसी

https://twitter.com/ImranKhanPTI/status/1114437455602749441?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1114437455602749441%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Finternational-59389358

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077