Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मेरो पालामा गरिएको एमसीसी सम्झौतामा कुनै विवाद थिएन, ओलीले जटिल बुँदाहरु थपेर अप्ठ्यारो बनाए: प्रचण्ड

    मेरो पालामा गरिएको एमसीसी सम्झौतामा कुनै विवाद थिएन, ओलीले जटिल बुँदाहरु थपेर अप्ठ्यारो बनाए: प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.4K
    SHARES

    कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् ।

    बुधबार बिहान धनगढीमा पार्टीको कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा गरिएको सम्झौतामा विवाद नभएको जिकिर गर्दै यस्तो बताएका हुन्।



    प्रचण्डका अनुसार उनी प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशबीच भएको एमसीसीको सम्झौतामा कुनै विवाद रहेको छैन।



    ‘सुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता भएको थिएन’, प्रचण्डले भने, ‘पछि केपी ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको छ, त्यसैले सुरुको सम्झौतामा फर्केर पास गर्नुपर्छ ।’

    अमेरिकासँग ७५ वर्षदेखि सम्बन्ध रहेको र त्यसबीचमा सबै सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै प्रचण्डले एमसीसी सहयोग नलिने नेपालको नीति पनि नरहेको स्पष्ट पारे ।

    ‘तर, संसदबाट पारित गर्ने भन्दै ओली नेतृत्वको सरकारले एमसीसीका केही जटिल बुँदा थपेको छ, प्रचण्डले थपे, ‘सुरको सम्झौता विवादित थिएन । त्यसैले सुरुवाती सम्झौतामा फर्केर सो योजना पास गर्नुपर्दछ ।’

    यस्तै, प्रचण्डले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् । प्रचण्डले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको जनाए ।

    ‘न्यायालयमा जुन समस्या देखिएको छ, हामीले  सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने धारणा राखेका छौं,’ प्रचण्डले भने, ‘न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।’

    यसगरी, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी समेत गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार