Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पाँच देशका राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    पाँच देशका राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 966
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

    राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।



    राष्ट्रपति कार्यालयका अनुसार सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्याण्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।



    त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार