Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • १३ वर्षीया किशोरीको बलात्कार गर्ने सैनिक हवल्दार पक्राउ

    १३ वर्षीया किशोरीको बलात्कार गर्ने सैनिक हवल्दार पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 3K
    SHARES

    काठमाडौं । प्रहरीले १३ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दारलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर घर भएका गोविन्द सिंह विष्ट रहेका छन्।

    विष्टलाई महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको हो। विष्टमाथि कार्तिक ३० गते कोटेश्वरस्थित एक लजमा राखेर १३ वर्षीया किशोरीको बलात्कार गरेको आरोप छ।



    उनले रामेछाप घर भएकी बालिकालाई उनले लगनखेलबाट फकाएर कोटेश्वर ल्याएर बलात्कार गरेको प्रहरीले जानकाकरी दिएको छ। ३६ वर्षीय विष्ट ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत छन्। उनी अहिले भक्तपुरको नगरकोटमा तालिम गरिरहेका थिए।



    बुधवार पक्राउ गरेर सैनिक हवल्दारलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। किशोरीले उनीविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन्। किशोरीलाई कोटेश्वरको आयुषा होटलमा राखेर रातभर बलात्कार गरेर विक्षिप्त अवस्थामा छाडेर उनी भागेको अपराध महाशाखाका एकजना अधिकृतले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार