Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कट्रिना र विक्कीको विवाहमा मोबाइल प्रयोगमा प्रतिबन्ध, यस्तो छ कारण

    कट्रिना र विक्कीको विवाहमा मोबाइल प्रयोगमा प्रतिबन्ध, यस्तो छ कारण

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिन लागेका छन्। उनीहरुले आगामी डिसेम्बरको पहिलो साता बिहे गर्न लागेका हुन्।

    कट्रिना र विक्कीको विवाहमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइँदैछ। विवाहस्थलमा पाहुनका लागि ‘नो–मोबाइल डिक्टेट’ लागु गरिनेछ। इभेन्ट मेनेजमेन्ट एजेन्सीलाई आफूहरुको अनुमति बिना कुनै पनि फोटो वा भिडियो सामाजिक सञ्जालमा नराख्न भनिएको छ।



    उनीहरुको विवाह राजस्थानको एक आलिशान फोर्ट–रिजर्टमा हुँदैछ। विवाहलाई लिएर आधिकारिक रुपमा न विक्की बोलेका छन् न कट्रिना नै। उनीहरुले सकभर विवाहलाई गुपचुप राख्न खोजिरहेका छन्।



    भारतीय सञ्चारमाध्यमका अनुसार विकी र कटरीना आफूहरुको विशेष दिन भएकाले आफ्नो कुनै पनि तस्वीर वा भिडियो सामाजिक सञ्जालमा नपुगोस् भन्ने चाहन्छन्। उनीहरुको विवाहको तयारीसँगै एक विस्तृत टिमलाई गोपनियता र सुरक्षा सुनिश्चितताका लागि राखिएको छ।

    विवाहस्थलमा एक निर्धारित क्षेत्र हुनेछ, जुन क्षेत्रभन्दा अगाडि कसैले पनि मोबाइल प्रयोग गर्न पाउने छैनन्। ए–लिस्टर बलिउडकर्मीका अलावा दुवैका परिवारका कैयौं व्यक्तिलाई विवाहमा बोलाइएको छ। मोबाइल सम्बन्धी नियम सबैमा लागु गरिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार