Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अमेरिकाले फेरि किन चीनलाई जिस्क्यायो ?

    अमेरिकाले फेरि किन चीनलाई जिस्क्यायो ?

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । ‘लोकतन्त्र सम्मेलन’का लागि अमेरिकाले ताइवानलाई आमन्त्रित गरेको छ। अमेरिकाको यस निर्णयलाई चीनविरुद्धको एक कदमका रुपमा लिइएको छ।

    केही समयअघि भएको भर्चुअल मिटिङमा चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ताइवानलाई स्वतन्त्र देश मान्ने अभियान आगोसँग खेल्नुजस्तै हुने चेतावनी दिएका थिए।



    ताइवानमा एक निर्वाचित सरकार छ तर चीन उसलाई आफ्नो अंग भन्छ। बाइडेनले सत्तामा आएपछि अमेरिका वैश्विक नेतृत्वको भूमिकामा फर्किने बताएका थिए। अमेरिकी विदेश मन्त्रालयको आमन्त्रण सूचीमा ११० देशको नाम छ। यो सम्मेलन ९ देखि १० डिसेम्बरमा हुँदैछ। यो सम्मेलनमा विश्वभरमा लोकतन्त्रलाई बढावा दिने र मानवअधिकारको सुरक्षाका विषयमा कुरा हुनेछ।



    यो सूचीमा चीन र रुसको नाम छैन। समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवान यसमा सहभागी हुनेछ। ताइवानका डिजिटल मन्त्री एन्ड्रयु तांगले भने ‘हाम्रो देशलाई लोकतन्त्र सम्मेलनमा बोलाइनुले हाम्रो देश वर्षौंदेखि लोकतान्त्रिक मूल्य र मानवअधिकारका विषयमा प्रतिबद्ध छ भन्ने बताउँछ।’

    चीनले पछिल्ला दिनमा ताइवानका विषयमा कडाइ गर्दै कुनै पनि देशलाई ताइवानसँग सम्बन्ध नबढाउन भनेको छ। ताइवानले भने चीनलाई आफ्नो मामिलामा बोल्ने अधिकार नभएको बताएको छ।

    अमेरिकाले भने वन चाइना पोलिसीलाई मान्न बन्द गरेको छैन। वन चाइना पोलिसी अन्तर्गत ताइवान चीनको अंग हो जबकि पछिल्ला दिनमा अमेरिकाले ताइवानसँग स्वतन्त्र रुपले द्विपक्षीय सम्बन्ध बढाउने कोसिस गरेको छ।

    बाइडेनले ताइवानको यथास्थितिमा कुनै पनि एकतर्फी परिवर्तन अमेरिकाले स्वीकार नगर्ने पनि बताएका थिए। लोकतन्त्र सम्मेलन भर्चुअल हुनेछ। नेपाललाई पनि अमेरिकाले यो सम्मेलनमा सहभागी हुनको लागि निम्ता दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार