Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पिएसजीविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित

    पिएसजीविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गरेको छ। जितसँगै सिटी समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ।

    सिटीले घरेलु मैदान एतिहद रंगशालामा पिएसजीलाई २–१ ले पराजित गरेको हो। पिएसजीले खेलको ५० औं मिनेटमा किलियन एमबाप्पेको गोलमा अग्रता लिएको थियो। तर रहिम स्टर्लिङले ६३ औं मिनेट गोल गर्दै खेललाई बराबरीमा ल्याए।



    सिटीका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका ग्याब्रीएल जेसस विजयी गोल गरे। बर्नार्डो सिल्भाको चलाखीपूर्ण मुभसँगै जेसासले विजयी गोल गरेका थिए।



    समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५–० ले पराजित गरेको छ। तालिकामा सिटी ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थानमा रहेको छ। पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ। दुबै टोली नकआउट चरणमा प्रवेश गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार