Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रियल मड्रिड र इन्टर मिलान च्याम्पियन्स लिगको नकआउट चरणमा

    रियल मड्रिड र इन्टर मिलान च्याम्पियन्स लिगको नकआउट चरणमा

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

    बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३–० गोलले हरायो। रियलको जितमा डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले गोल गरे।



    समूह ‘डी’ कै अर्को खेलमा इटालीयन क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेको छ। इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरे।



    जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ। १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ। पराजित सेरिफको ६ अंक छ भने पुछारको साख्तर डोनेस्कसँग १ अंक रहेको छ। यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार