Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रसंघीय प्रतिवेदनले भन्यो -कोभिडका कारण महिला हिंसा बढ्यो

    राष्ट्रसंघीय प्रतिवेदनले भन्यो -कोभिडका कारण महिला हिंसा बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी । संयुक्त राष्ट्रसंघले हालै गरेको एक अध्ययनमा कोभिड १९ को महामारीका कारण महिला हिंसामा बृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस महामारीका कारण महिला हिंसाका घटनामा पनि बृद्धि भएको पाइएको हो ।

    विश्वका अरु देशमा पनि यो महामारीका कारण आफ्ना घरमै र बाहिर अर्थात् सार्वजनिक स्थलमा पनि यस्ता घटनामा बृद्धि भएको पाइएको सो उक्त अध्ययनमा देखिएको बताइएको छ ।



    ती १३ देशमा गरेको सर्वेक्षणबाट महिलाहरुले महामारीका कारण घरमै बस्नुपर्दा तथा सार्वजनिक स्थानमा समेत आफूहरुमाथि हिंसा बढेको पाइएको उनीहरुले बताएका थिए । घरेलु हिंसा घरभित्र हुने गरेको र कोरोनाबाट बच्न घरभित्र बस्नु सबैभन्दा ठूलो बचाउ ठानिएको भएपनि वास्तविकता त्यस्तो नरहेको ती महिलाले जनाएका छन् ।



    यो महामारीका कारण विश्वका अधिकांश मुलुकमा लकडाउन गरिएको थियो र बासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको थियो । तर पनि घरमा बस्नुपर्दाको अवस्थामा पनि महिलामाथिको हिंसा झनै बढ्ने गरेको सो अनुसन्धानबाट पाइएको हो ।सो सर्वेक्षणमा समेटिएका महिलाहरुमध्ये करिब आधाजतिले सार्वजनिक स्थान र घरमा पनि कुनै न कुनै प्रकारको हिंसाको महसुस गरेको बताएका थिए ।

    त्यसैगरी एक चौथाई महिलाले त आफूहरु घरमै असुरक्षित रहेको बताएका थिए । उनीहरुले महामारी सुरु भएयतादेखि आफूहरुलाई घरमै हिंसा बढेको अनुभव सो अनुसन्धानका क्रममा सुनाएका थिए । उक्त अनुसन्धानले यो महामारीका समयमा भएका घरेलु हिंसाको यथोचित मात्रामा वास्तविकता बाहिर आउन नसकेको पनि देखाएको छ ।

    यसै पनि घरेलु हिंसाका घटना अत्यन्त कममात्रै जानकारीमा आउने गरेको र अहिले झन् यो महामारीपछि त्यसमाथि सबैलाई घरभित्रै बस्नु भनेको समयमा यसको रिपोर्टिङ पनि अत्यन्त न्यून हुने गरेको उक्त अनुसन्धान रिपोर्टमा जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार