Online Nepal
  • शुक्रबार, १७ मंसिर २०७८
  • फ्रान्सबाट यूके जाँदै गरेको डुंगा दुर्घटना हुँदा ३१ आप्रवासीको मृत्यु

    फ्रान्सबाट यूके जाँदै गरेको डुंगा दुर्घटना हुँदा ३१ आप्रवासीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 637
    SHARES

    एजेन्सी । उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुंगा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ ।

    फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिएका छन् । उनले उक्त डुंगामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुंगा डुब्दा उनीहरुको ज्यान गएको बताए ।



    स्थानीय समयानुसार अपरान्ह २ बजे उक्त डुंगा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ ।

    यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार