Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • १३ बर्षिया बालिकालाई लगनखेलबाट कोटेश्वरको गेस्टहाउसमा लगेर बलात्कार गरेको आरोपमा एक पक्राउ

    १३ बर्षिया बालिकालाई लगनखेलबाट कोटेश्वरको गेस्टहाउसमा लगेर बलात्कार गरेको आरोपमा एक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–७ घर भई हाल ललितपुरको लेले बस्ने ३६ वर्षीय गोविन्द सिंह विष्ट रहेका छन् ।



    महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार विष्टले गत कार्तिक २७ गते कोटेश्वरस्थित गेस्ट हाउसमा लगेर १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।



    घटनापछि फरार रहेका विष्टलाई महाशाखाको टोलीले बुधबार कोटेश्वर चोकबाट पक्राउ गरेको एसपी कोइरालाले बताए।

    माहाशाखाका अनुसार पीडित बालिकालाई विष्टले लगनखेल बसपार्कबाट ललाई फकाई कोटेश्वर ल्याएका थिए । उनले कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाएर लुगासमेत किनिदिएको र कोटेश्वर चोकमा रहेको गेस्ट हाउसमा लगेर बालिकालाई करणी गरेको प्रहरीको भनाई छ ।

    भोलिपल्ट बिहान बालिकालाई लगनखेल छाडेर विष्ट भने त्यहाँबाट फरार भएको एसपी कोइरालाले बताए । पक्राउ परेका बिस्टमाथि आवश्यक थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत बानेश्वर पठाईएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार