Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना भाइरस

    ३०८ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु, २९८ जना डिस्चार्ज

    ३०८ जनामा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु, २९८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 711
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ०८  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा २९८ जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४  पीसीआर परीक्षणमा २८१ र १ हजार ८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी ३०८ जनामा संक्रमण पुष्टि भएको हो।



    पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ९०९ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।



    यस्तै, मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म देशमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५१६ को पुगेको छ ।

    देशभर पछिल्लो २४ घण्टामा थप १ लाख ७७ हजार ८८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार