Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • २० लाखको चेक बाउन्स मुद्दाकी फरार शोभा गुरुङ सीआईबीको फन्दामा

    २० लाखको चेक बाउन्स मुद्दाकी फरार शोभा गुरुङ सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतबाट ४ दिन कैद र २० लाख जरिवाना तोकेपछि फरार भएकी एक महिलालाई पक्राउ गरेको छ ।

    सीआईबीले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनले २० लाख जरिवाना गरेपछि फरार रहेकी तनहुँ जिल्ला भानु नपा- १३ घर भइ काठमाडौं हाडीगाऊँ बस्ने ४५ बर्षीया शोभा गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।



    सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उच्च अदालत पाटनको विसं २०७७ असर १ गतेको फैसलापछि ४ दिन कैद र बिगोबमोजिम २० लाख जरिवानापछि फरार रहेकी गुरुङ आज ललितपुरको कुपण्डोलबाट पक्राउ परेकी हुन्।



    पक्राउ परेकी गुरुङले आफ्नो एन आई सी बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै पीडित व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेको अदालतको ठहर थियो।

    उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेकी गुरुङलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रवक्ता महतोले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार