Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एमाले महाधिवेशन: प्रधानमन्त्री देउवालगायत विदेशी पाहुनाहरुले सम्बोधन गर्ने, को-को सहभागी हुँदैछन् ?

    एमाले महाधिवेशन: प्रधानमन्त्री देउवालगायत विदेशी पाहुनाहरुले सम्बोधन गर्ने, को-को सहभागी हुँदैछन् ?

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.2K
    SHARES

    चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने भएका छन्।

    बिहीबार महाधिवेशनको तयारीबारे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गर्दै सहभागी नेताहरुको बारे जानकारी दिएका हुन्।



    कार्यक्रमामा नेता भट्टराईले चिनियाँ कम्युनिष्ट पार्टी भने अनुपस्थित हुने भन्दै महाधिवेशनका लागि भिडियो सन्देश पठाएको जानकारी दिए । यस्तै, महाधिवेशनको ९५ प्रतिशत तयारी सकिएको र आज रातिसम्म सबै काम पूरा हुने भट्टराईले बताए।



    भट्टराईका अनुसार महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू चितवन आउने क्रम जारी रहेको छ । महाधिवेशनको बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टारको आडैमा प्रतिनिधि र स्वयंसेवक अट्ने हल लगभग निर्माण भइसकेको उनको भनाइ छ।

    बन्द सत्रमा भूगोल, जसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय तीन जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६ सय २७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पिडित क्षेत्रबाट दुई सय नाै जना प्रतिनिधि आउने छन् ।

    महाधिवेशनको उद्घाट सत्रमा व्यवस्थापनका लागि पाँच हजार स्वयंसेवक खटाइने उनले बताए । प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई खानपान र बन्दोबस्तको व्यवस्था गरिएको छ ।

    भोलि महाधिवेशन उद्घाटन सत्रको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् । यस्तै, उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने छन् ।

    उद्घाटनपछि सबै प्रतिनिधिहरू सौराहा जाने भट्टराईले जानकारी दिए । । भोलि बेलुका प्रतिनिधिहरूको परिचय पत्र वितरण हुने छ । ११ मंसिर बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ ।

    १२ मंसिर बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका छ । जबजको मार्गदर्शनबाट समाजवादसम्म पुग्ने एमालेको अबको नीति रहेको भट्टराईले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार