Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रधानन्यायाधीश जबरालाई हटाउन प्रधानमन्त्री तयार ! बारका पदाधिकारीसँग छलफल गर्दै

    प्रधानन्यायाधीश जबरालाई हटाउन प्रधानमन्त्री तयार ! बारका पदाधिकारीसँग छलफल गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीश विवादमा सक्रियता बढाउने भएका छन्। लामो समयदेखि जारी विवाद सल्टिने अवस्था नदेखेपछि उनले यसबारे चासो देखाएका छन्।

    प्रधानमन्त्रीले चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका छन्।



    प्रधानमन्त्री शुक्रबार बिहान साढे १० बजे भेट्न बोलाएको नेपाल बारका महासचिव लिलामणि पौडेलले जानकारी दिएका छन्। दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न भूमिका खेल्न आग्रह गर्ने बताइएको छ।



    बारले यसअघि नै जबरालाई पदमुक्त गर्न राजनीतिक दलहरुबारलाई गुहारिसकेको छ। जबराले राजीनामा नदिने अडान लिएपछि बारले आन्दोलनलाई निरन्तरता दिइरहेको छ।

    शुक्रबारको भेटमा बारको तर्फबाट प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाउनेछ।

    प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका १९ न्यायाधीशले इजलास बहिस्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलनमा छन्।

    यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विवाद अदालतभित्रबाट समाधान नभए विचार गर्ने बताएका थिए। उनले आवश्यक परेमा प्रधानन्यायाधीश जबरालाई हटाउन सकिनेतर्फ संकेत गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार