Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कटरिनाको गालाजस्तै सडक बन्नुपर्ने यी मन्त्रीको अभिव्यक्ति भाइरल

    कटरिनाको गालाजस्तै सडक बन्नुपर्ने यी मन्त्रीको अभिव्यक्ति भाइरल

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । राजस्थान सरकारका मन्त्री राजेन्द्र सिंह गुढाले प्रदेशको सडक र अभिनेत्री कटरीना कैफको गालालाई जोडेर एक अभिव्यक्ति दिएका छन्। उनको अभिव्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

    काँग्रेसका वरिष्ठ नेताको यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा थुप्रै मिम्स बनेका छन्। राजस्थानको झुंझुनू जिल्लाको एक जनसभामा सम्बोधन गर्दै प्रदेशको सडक कटरीना कैफको गाला जस्तै बन्नुपर्ने धारणा उनले व्यक्त गरेका थिए।



    सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको भनाईलाई लिएर ट्रोल गरिरहेका छन्। उनीहरुले भिडियोको मिम्स बनाउदै सलमान खान, विकी कौशललाई पनि त्यसमा जोडेका छन्।



    ‘जेनरेशनल शिफ्ट । लालुजीद्वारा हेमा मालिनीको गाला अब हाम्रो दोस्रो पुस्ताको कटरीनामा सरेको छ’, एक प्रयोगकर्ताले लेखेका छन्।
    कुनै समय पूर्व रेलमन्त्री लालूप्रसाद यादवले बिहारको सडकलाई बलिउडकी ‘ड्रीमगर्ल’ हेमा मालिनीको गालाजस्तै बनाउने प्रतिबद्धता जनाएका थिए।

    कटरीना र विकी डिसेम्बरको पहिलो साता विवाह गर्दैछन्। उनीहरु सिक्स्थ सेन्स, रणथंभौर, राजस्थानमा सात फेरा लगाउँदैछन्। उनीहरुले सब्यसाची मुखर्जीले डिजाइन गरेको पहिरन लगाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार