Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • झापामा ब्राउन सुगरसहित ७ जना पक्राउ

    झापामा ब्राउन सुगरसहित ७ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.1K
    SHARES

    झापा । झापा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ७ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ७ टेलिभित्ता बस्ने १९ वर्षीय नारायण राजवंशी, सोही वडाको बोक्तोबारी बस्ने २२ वर्षीय प्रकाश राजवंशी, वडा नम्बर ६ संगमटोल बस्ने २० वर्षीय राहुल ठाकुर, ५ बस्ने २१ बर्षीय सोनु राजवंशी, विर्तामोड नगरपालिका ८ बस्ने १८ वर्षीय सुदिप श्रेष्ठ, सोही नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा नगरपालिका १ बस्ने २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।



    उनीहरुको साथबाट प्रहरीले मे १ प ९७०१ र को ३८ प ९०२८ नम्बरका दुई मोटरसाइकलसहित ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर र १ थान नाइट्रोजन ट्याबलेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार