Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपालकी प्रथम महिला न्यायाधीश सडकमा

    प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपालकी प्रथम महिला न्यायाधीश सडकमा

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै प्रथम महिला न्यायाधीश सत्यभामा माथेमा पनि आन्दोलनमा सहभागी भएकी छिन्। बिहीबार भएको ‘बालुवाटार न्याय मार्च’ मा सहभागी हुन् माथेमा सडकमा आएकी थिइन्।

    माथेमा हाल ८६ वर्षकी भइन्। उनले अदालतमा भ्रष्टाचार र बिचौलिया बढेका कारण आफू आन्दोलनमा सहभागी भएको बताएकी छिन्। माथेमाले मुद्दामा प्रधानन्यायाधीशले नै जथाभावी गर्न थाले भन्ने थाहा पाएपछि आफू घरमा आराम गरेर बस्न नसकेको प्रतिक्रिया दिएकी छिन्।



    न्यायालयको यो अवस्थाप्रति माथेमाले चिन्ता व्यक्ति गरेकी छिन्। ‘न्यायालयको यस्तो दयनीय स्थिति पहिले थिएन। त्यसैले सडकमा आउनुपरेको थिएन,’ उनले भनिन्, ‘न्यायालयमा सुधार गर्न, भ्रष्टाचार निर्मूल पार्न, न्याय बिचौलियाको हातबाट फिर्ता ल्याउन र दबाब–प्रभावमा पारेर फैसला गर्नबाट रोक्न सडकमा नआई भएन।’



    प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै नेपाल बारसँगै पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालत गेटबाट बालुवाटारसम्म ‘न्याय मार्च’ गरेका थिए।

    यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालय विवादबारे छलफल गर्नका लागि नेपाल बार र सर्वोच्च बारका पदाधिकारीलाई बालुवाटार बोलाएका छन्। प्रधानन्यायाधीश जबराको बर्हिगमनबारे छलफल गर्न देउवाले पदाधिकारीलाई बालुवाटार बोलाएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार