Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मामाको हत्यामा संलग्न रहेको आरोपमा भान्जा पक्राउ

    मामाको हत्यामा संलग्न रहेको आरोपमा भान्जा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले मामाको हत्या गरेको अभियोगमा भान्जालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ थाक्रेका १८ बर्षीय मिलन लुङगेनी मगर रहेका छन्।



    महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मिलनले बुधबार सोही ठेगाना स्थायी घर काठमाडौँ चन्द्रागिरी बस्ने ३९ बर्षीय राजु पुलामी मगरलाई कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर घाइते भएका पुलामीको उपचारका क्रममा मृत्यु भएको हो।



    मिलन र पुलामी नातामा ममा भान्जा पर्ने महाशाखाका एसपी कोइराले बताए।

    पक्राउ परेका गुरुङलाई आवश्यक थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार